मंगलवार ९ असार, २०८३
असार ९ काठमाडौं, फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको खेलमा सेनेगललाई तीन गाेलले पराजित गर्दै नर्वे नकआउट चरणमा प्रवेश गरेको छ।
न्यूर्योक, न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको नर्वेले दोस्रो हाफमा २ गोल गर्दै २ गोल खाएकाे थियाे ,नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे भने सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए थिए।
पहिलो हाफमा मार्कस पेडरसनले खेलको ४३ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए,दोस्रो हाफमा हालान्डको जादु चल्यो एर्लिङ हालान्डले खेलको ४८ औं मिनेटमा गोल गरे।
हालान्डको गोलमार्फत २–० को अग्रता बनाएको नर्वेविरुद्ध खेलको ५३ औं मिनेटमा सेनेगलका लागि इस्माइल सार्रले गोल फर्काएकाे थियाे,खेलको ८३ औं मिनेटमा साडियो मानेले राम्रो अवसर पाए पनि त्यसमालाई सदुपयोग भने गर्न सकेनन्।

खलको ९० मिनेटमा थप गरिएको ९ मिनेटको तेस्रो मिनेटमा इस्माइलले दोस्रो गोल फर्काएका थियअन्तिम समयसम्म पनि खेल बराबरी बनाउन लागि परेको सेनेगल सफल भने हुन सकेन ।