बुधबार १० असार, २०८३
असार १० काठमाडौं, विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै पोर्चुगलकाे शानदार जित सगै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा पार्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकाे थियाे राेनाल्डाेले खेलको छैटौँ र ३९औँ मिनेटमा गोल थिय, यससँगै रोनाल्डो विश्वकपका सबै ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ,पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोल, तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाए ,यससँगै रोनाल्डोको विश्वकप गोल सङ्ख्या १० पुगेको छ, जसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।