बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रसुवाको टिमुरे खाेला बाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका श्रेष्ठको शव चितवनमा भेटियाे ।

बुधबार २५ असार, २०८२ Bichar Batika 1652


रसुवाको टिमुरे खाेला बाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका श्रेष्ठको शव चितवनमा भेटियाे ।

असार २५ काठमाडौं , गत साेमबार राति भोटेकोशीमा आएकाे बाढीले  रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरी जवान मध्ये रामेछापका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ शव चितवनको १५ किलाे स्थिति त्रिशूली नदिकाे किनारमा भेटिएकाे छ ।

 रामेछाप जिल्ला  लिखु तामाकोशी गाउँपालिका-४ बिजुलीकोट घर भएका प्रहरी सहायक निरीक्षक  श्रेष्ठको शव  हिजाे मंगलबार साँझ ६ः२० बजे  त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनु भयो ।
 प्रमुख प्रहरी उपरीक्षक पुरीकाे  जानकारी अनुसार श्रेष्ठको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । श्रेष्ठसहित तीन जना प्रहरी भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार कार्यमा खटिएका थिए ।
उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीको भनाई छ ।
श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेकी हुन्। 
प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
 अझै २ जना प्रहरी जवानसमेत बेपत्ता भएको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु