मंगलवार २० श्रावण, २०८२
साउन २० काठमाडौं , नेकपा ( एमाले) काे समर्थनमा मुख्यमन्त्री बनेका बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् , शपथ लिएलगत्तै नवनियुक्त मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्, नेकपा ( एमाले ) बाट मधुसुदन पौडेलले कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटाले भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापाले श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीले वन तथा वातावरणमन्त्री, किरण थापाले स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नेपाली काँग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय, शिवराज अधिकारीले विनाविभागीय मन्त्रीकाे जिम्मेवारी दिएकाे छ ।
बागमती प्रदेशमा ११० सदस्यीय सांसदहरू रहेकाेले प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । जसअनुसार बानियाँको पक्षमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेकाे बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले संविधानको धारा १६८ को उपधार २ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकाे थियाे ।