बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

हिन्दु नेपालीहरूकाे दाेस्राे ठुलाे चाड यम पञ्चककाे अन्तिम मुख्य दिन आज भाइ टीका ।

बिहीबार ६ कार्तिक, २०८२ Bichar Batika 1599


हिन्दु नेपालीहरूकाे दाेस्राे ठुलाे चाड यम पञ्चककाे अन्तिम मुख्य दिन आज भाइ टीका ।

कार्तिक  ६ काठमाडौं , प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु  नेपालीहरूकाे  दोस्रो ठुलो चाड यम पञ्चक (तिहार) काे मुख्य दिन आज भाइ टीका ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ  दिदीबहिनीलाई  टीका लगाई दिनाले  सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ,भाइ टीका लगाउने तरीका ठाउँ र जात विशेष फरकफरक पनि रहेकाे पाहिछ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, मिठाइ  एवम्  सेलरोटी लगायत मिठा मिठा  खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नाे गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम्  सामाजिक परम्परा  चलिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु