शुक्रबार २६ मंसिर, २०८२
मंसिर २६ काठमाडौं , अन्तरिम मन्त्रीपरिषद् पुन विस्तार गर्दै चार नयाँ मन्त्री थपिने तयारी नवनियुक्त मन्त्रीहरूलाई आज दिउसाे तीन बजे शपथ ग्रहण गराउने तय भएकाे स्राेतले जनाएकाे छ ।
थपिन लागेकाे नयाँ मन्त्रीहरूमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहने जनाएकाे छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ बन्न लागेकाे मन्त्रीहरूलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरीसकेकाे राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।