मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काेरिया सरकार समक्ष कूटनीति पहल गर्ने ।

बिहीबार २४ पुष, २०८२ Bichar Batika 1357


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काेरिया सरकार समक्ष कूटनीति पहल गर्ने ।

पुस २४ काठमाडौं , श्रम-रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका व्यक्तिहरू समेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।
इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका मागलगायत इपिएस प्रणाली अन्तर्गत नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने र इपिएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदाता समक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शीता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ ।




मतहरू

Leif

acne meds rx


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु