शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

आइसिसि विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै, आजको खेल नेपालका लागि निकै महत्वपूर्ण ।

शनिबार २ जेष्ठ, २०८३ Bichar Batika 1062


आइसिसि विश्वकप लिग–२ मा आज  नेपाल र अमेरिका भिड्दै, आजको खेल नेपालका लागि निकै महत्वपूर्ण  ।

जेष्ठ २ काठमाडौं ,  आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज  र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा  हुँदैछ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेकाे छ,नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११वटा खेल जित्नुपर्ने छ भने  एकदिवसीय मान्यता जोगाउन राख्न समेत शीर्ष छ स्थानमा रहनु आवश्यक रहेकाेले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ  । 
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छ, दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु