बुधबार २० जेष्ठ, २०८३
जेष्ठ २० काठमाडौं, सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयाेगकाे प्रतिवेदन अध्यन गर्न गठित समितिको म्याद थप गरेको छ ।
मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको बताउनुभयो ।
सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५दिनका लागि थप गरिएको हो ।