आईतवार ७ भाद्र, २०८३ (Sunday August 23, 2026)

आन्दोलन स्थगितसँगै तराई-मधेशमा जनजीवन सामान्य बन्दै, बजार र यातायात सञ्चालन आउन थाले ।

आईतवार १७ श्रावण, २०८३ Bichar Batika 1640


आन्दोलन स्थगितसँगै तराई-मधेशमा जनजीवन सामान्य बन्दै,  बजार र यातायात सञ्चालन आउन थाले ।

साउन १७  काठमाडौं , सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका अगुवा तथा स्थानीय समुदायको संयुक्त पहलपछि सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको तराई-मधेशको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ ।
सुनसरी, सिरहा, सप्तरी, धनुषा र पर्सालगायत जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाउनुकाे साथै विभिन्न स्थानमा सद्भाव र्‍याली, शान्ति सभा तथा आपसी संवादका कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्,नेपालगन्ज र हेटौंडालगायतका क्षेत्रमा शनिबार सद्भाव र्‍याली आयोजना गरिएको थियो भने आइतबार सुनसरी, सप्तरीलगायतका जिल्लामा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ,यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी निषेधाज्ञा समेत  हटाएको छ।
सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच सातबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ, त्यससँगै आन्दोलनरत विभिन्न संघसंस्थाले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्,आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रमा बजार, उद्योगधन्दा र सार्वजनिक यातायात सेवा पुन नियमित सञ्चालन हुन थाल्नुकाे साथै सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै त्यहाँको जनजीवन पनि क्रमश सहज बन्दै गएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु