बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

केही दिनभित्रै एलपी ग्यासकाे आपूर्ति सहज हुन्छ:- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ।

बुधबार २० श्रावण, २०८३ Bichar Batika 1338


केही दिनभित्रै एलपी ग्यासकाे आपूर्ति सहज हुन्छ:-  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ।

साउन २० काठमाडौं ,  बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएकाे गुनासा बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही दिनभित्रै ग्यास आपूर्ति सहज हुने जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै  अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेकोले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायसँग समन्वय गरी वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न आग्रह गरिएकाे मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका जानकारी गराउनु भयाे ।

प्रवक्ता  सुवेदीकाे अनुसार  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमन तीव्र पारिएको तथा नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा आयात, भण्डारण र वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने पहल सुरु गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन ग्यास उद्योगी तथा विक्रेतालाई निर्देशन दिएका साथै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु