बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

१५३ विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘हरे कृष्ण’मा आध्यात्मिक स्वर

बुधबार ७ आश्विन, २०८३ Bichar Batika 1157


१५३ विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘हरे कृष्ण’मा आध्यात्मिक स्वर

असाेज ७ काठमाडौं ,१५३ विश्व कीर्तिमानी गीतकार तथा सर्जक डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक भएको छ,डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको थियाे ।
 भजनमा भक्ति, आध्यात्मिक चेतना र सकारात्मक सामाजिक सन्देशलाई समेटिएको छ, सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो खेमनाथ खनालले निर्देशन गरेका छन्।
साहित्य र गीत–संगीतका विभिन्न विधामा सक्रिय डा. उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम तथा १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भइसकेका छन्। प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम र सामाजिक चेतनासहित विविध विषयमा सिर्जना गर्दै आएका उहाँका उपन्यास, गीतिकविता तथा कवितासंग्रहसमेत प्रकाशित छन्,सिर्जनात्मक प्रयोगका माध्यमबाट विभिन्न विश्व कीर्तिमान कायम गरेका उपाध्यायले विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गरेको बताइएको छ।

भजन सार्वजनिक कार्यक्रममा सहभागी सर्जक तथा अतिथिहरूले ‘हरे कृष्ण’ले डा. उपाध्यायको सिर्जनात्मक यात्रामा आध्यात्मिक आयाम थपेको धारणा राखेका थिए,डा. उपाध्यायले मनोरञ्जनसँगै नयाँ पुस्तामाझ आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले सिर्जनालाई निरन्तरता दिइरहेको बताउनुभयो, ‘हरे कृष्ण’ उहाँको यही सिर्जनात्मक यात्राको पछिल्लो कडी हो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु