मंगलवार ११ कार्तिक, २०८३
कार्तिक १०, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
आजको पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज दिउँसो १२:३० बजे आमनेसामने हुनेछन्। त्यस्तै, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दिउँसो ४:३० बजे प्रतिस्पर्धा हुनेछ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
प्रतियोगितामा सहभागी टोलीहरू उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। आजका दुवै खेलले प्रतियोगिताको सुरुवाती प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।