आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सरकारले घटायो बजेटको आकार 

मंगलवार २७ माघ, २०७७ विचारवाटिका 1582


सरकारले घटायो बजेटको आकार 

 

माघ २७, काठमाडौं । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ । 

यस आर्थिक वर्षको बजेट ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१.१९ प्रतिशत मात्र हो ।

यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिए ।

संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा बजेटको संशोधित अनुमान अनुसार सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।
 




मतहरू

Fqhhswata

online pharmacy without a prescription walmart pharmacy viagra mexican pharmacies online

Lizanna

https://buytadalafshop.com/ - cialis price

Oblicle

http://buystromectolon.com/ - where can i buy stromectol in the usa

HarveyNag

imdur estrace rogaine dulcolax remeron ceftin


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु