बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

आईजीपी थापा ः निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धान छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको छ  

बुधबार १४ आश्विन, २०७७ विचारबाटिका 1430

 

आश्विन १४, २०७७ काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापाले बताए अनुसार कञ्चनपुर निवासी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान सकभर छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको छ ।  

निर्मलाको २०७५ साउन १० गते बलात्कार तथा हत्या भएको र ११ गते शव भेटिएको थियो । महानिरीक्षक थापाले उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयले अधिकृत पठाइएको र उसले त्यहाँ अनुसन्धान गरिरहेकोे समितिलाई जानकारी दिए । उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा केही दिनका लागि खटाइएको जानकारी दिए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धान कहाँ पुगेको छ भन्ने समितिलाई जानकारी दिन भनेपछि महानिरीक्षक थापाले उक्त घटनाको अनुसन्धान औपचारिक र अनौपचारिक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

थापाले बताए अनुासार अनुसन्धानका लागि प्रहरी अधिकृतलाई संघबाट पठाईएको र उक्त घटनाको रिभ्यू भने भइरहेको छ । 

निर्मला प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीले आरोपितलाई यातना दिएको भनेर अदालतमा मुद्दा परेको र उक्त मुद्दामा जिल्ला अदालतले सफाइ दिएकाले पनि अनुसन्धानलाई सहयोग मिलेको थापाको भनाइ थियो । प्रहरीले यातना नदिएको भन्ने कुरा अदालतबाट पुष्टि भइसकेकाले अब अनुसन्धान थप तीव्र बन्ने उनले विश्वास व्यक्त गरे ।

महानिरीक्षक थापाले भने, ’अधिकृतहरूले सफाइ पाएपछि हामीले तयार गरेको विगतको लिखतको विश्वसनियता बढेको छ ।’ उनले बताए निर्मला प्रकरणको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजीलाई पनि विशेष जिम्मेवारी दिईएको छ । 

थापाले भने ’नेपाल प्रहरीको इमेजको क्षतिमा निमर्ला प्रकरणले योगदान भन्ने कि के भन्ने जुन गरेको थियो त्यो धब्बा थियो । यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत छौं ।’  
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु