बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

चाडपर्व घरमै मनाउन आग्रह ः गुल्मी प्रशासन

बिहीबार २९ आश्विन, २०७७ विचारबाटिका 1198

 

असोज २९, काठमाडौं । दशैं–तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आदेश जारी गरेको छ । 

कोरोना संक्रमणको जोखिम, सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्वमा बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बिहीबार सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेका हुन् ।

त्यसैगरी दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, सरायँ नाच, जात्रालगायतका गतिविधि नगर्न आदेश जारी गरिएको छ ।

रिपोर्ट नआउन्जेल कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि होम क्वारेन्टिनमै बस्न आग्रह गरिएको  छ ।
 




मतहरू

bhcdvddhte

??????? ???? ????? ????? ? ?????? ??????? [url=http://www.g139n2pc42rn5hdj4p3ld6qm4942iz37s.org/]ubhcdvddhte[/url] abhcdvddhte bhcdvddhte http://www.g139n2pc42rn5hdj4p3ld6qm4942iz37s.org/

Breathable Mouth Mask

Breathable Mouth Mask


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु