शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

कोभीड–१९को महामारीबीच पनि खुले विद्यालय

बुधबार १९ कार्तिक, २०७७ विचारवाटिका 1315

 

वीरगन्जको पावरहाउसमा विद्यालय छुट्टी भएपछि मंगलबार घर जाँदै विद्यार्थी ।

कार्तिक १९, वीरगन्ज — कोभिड–१९ जाडोयाममा छिट्टै फैलिन सक्ने भएकाल विज्ञहरुले विशेष सावधानी अपनाउन जोड दिइरहेका समयमा वीरगन्जमा भने निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन थालेका छन् । 

 

विद्यालयको मूल गेटमा विद्यार्थीको शरीरमा कीटाणुनाशक औषधि छर्कंदै  ।

तर अहिले विद्यालयले बस सेवा भने सुरु गरेका छैनन् । केहीले मूल गेटमा तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर निर्मलीकरण गर्ने गरेका छन् । यहाँका केही निजी विद्यालयले सादा पोसाक र केहीले स्कुल पोसाकमै विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका हुन् ।

वीरगन्ज पानीट्यांकी निवासी रोशन लामिछानेले निजी विद्यालयले कक्षा सञ्चालनमा हतार गरेको बताए । ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापकसमेत रहेका लामिछानेले कोरोना महामारीका बीच विद्यालय सञ्चालन गर्ने सञ्चालकमाथि सम्बन्धित निकायको ध्यानाकर्षण र कारबाहीको मागसमेत गरे । ‘पहिलेदेखि नै विद्यालय खोल्ने कुरा चलिरहेको थियो, यहाँका अधिकांश स्कुलमा नेताहरूकै लगानी र संरक्षण छ,’ उनले भने, ‘बच्चालाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?’ अभिभावक पनि सचेत र सतर्क हुन आवश्यक रहेको उनको भनाइ छ । यस्तो महामारीको अवस्थामा विद्यालय सञ्चालनमा आउन थालेपछि विद्यार्थीको स्वास्थ्यसँग खेलबाड भएको अभिभावकले आरोप लगाएका छन् । 

भौतिक रूपमा विद्यार्थीलाई स्कुल नबोलाई कम्तीमा एक महिना अझै वैकल्पिक शिक्षा प्रणाली अपनाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर जोड दिन्छन् । 

महामारी नियन्त्रण र व्यवस्थापनको कुनै व्यवस्था नै नगरी स्कुल सञ्चालनको निर्णय गलत भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले बताए । ‘रुघा, खोकी र ज्वरो लागेर उपचारका लागि आउनेहरूमध्ये ४ र ५ जनामा दैनिक संक्रमण देखिरहेको छ,’ डा.सिंहले भने, ‘यस्तो बेला संक्रमितको व्यवस्थापन नगरी स्कुल खोल्नु हुँदैन ।’

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गत आइतबार आगामी कार्तिक २३ भित्र सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर  यसका लागि अभिभावकको अनुमति भने अनिवार्य गरिएको छ । साथै सामुदायिक विद्यालयको हकमा आवश्यक पर्ने मास्क, साबुन र थर्मोगन महानगरले व्यवस्था गर्ने तर सो प्राप्त नहुन्जेल विद्यालयले नै तयारी गर्ने निर्णय भएको छ ।

रेडियो, टीभी र अनलाइन जस्ता वैकल्पिक विधिबाट सरकारले पठनपाठन सञ्चालन गर्न सिकाइ सहजीकरण निर्देशिका जारी गरे पनि वीरगन्जमा कार्यान्वयन हुन सकेको छैन । सामुदायिक विद्यालयले गत असोज पहिलो साता निर्देशिकाबमोजिम स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गरेका थिए ।

एक शिक्षकले भने, ‘निर्देशिकाबमोजिम कसरी विद्यार्थीको सिकाइ सहजीकरण गर्न सकिन्छ भनेर एक साता छलफल पनि भएको थियो, तर १० दिनभन्दा बढी कार्यान्वयन भएन ।’

निर्देशिकाबमोजिम पठनपाठन जारी नै रहेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले दाबी गरे । उनले भने, ‘स्कुल खोल्नेभन्दा पनि कक्षा ८ देखि नयाँ मोडालिटी लागू भएको हो, ट्रायलका लागि ।’ कर्णका अनुसार अभिभावकले बच्चालाई स्कुल पठाउन नचाहेमा विद्यालयले घरमै पढाउने व्यवस्था गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ‘भौतिक रूपमै विद्यालयमा बोलाएर पठनपाठन गर्न पाइँदैन र सरकारको जे निर्णय छ, त्यो कार्यान्वयन गराउँछौं ।’
 




मतहरू

ftlvqqmml

?????????? ?????????? ??? ???? ???????? ftlvqqmml http://www.g1s419vojt6vb44443o57kad6449drpbs.org/ [url=http://www.g1s419vojt6vb44443o57kad6449drpbs.org/]uftlvqqmml[/url] aftlvqqmml

55 Interactive Flat Panel

55 Interactive Flat Panel

Lapel Pin Packaging Supplier

Lapel Pin Packaging

50m3/H Low Price Concrete Batching Plants

50m3/H Low Price Concrete Batching Plants

China Aluminum Ceiling Sheet

Aluminum Ceiling Sheet Supplier

Autonomous Mining Equipment

Autonomous Mining Equipment

3d Laser Scanning Companies California

3d Laser Scanning Companies California

Generator For House Supplier

China Generator For House

Cnc Turned Components Supplier

Cnc Turned Components Supplier

Steel Wire Supplier

China Steel Wire

Vertical Series

Vertical Series

Galvanised Pipe And Fittings

Galvanised Pipe And Fittings

Chip Placement Machine

Chip Placement Machine

Linear

Linear

Clay Face Mask

Clay Face Mask

Aluminum Foil Pan In Oven

Aluminum Foil Pan In Oven

China 32 Pages Exercise Book

China 32 Pages Exercise Book

Essential Oil Distiller Equipment

Essential Oil Distiller Equipment

Call Center Workstation

Call Center Workstation

Sports and Entertainment Accessories

Sports and Entertainment Accessories Supplier

Adss Clamp

Adss Clamp Supplier

Beauty Box

Beauty Box


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु