शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

अब सडकमा दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता

बिहीबार १९ चैत्र, २०७७ विचारवाटिका 3232


अब सडकमा दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता

चैत १९, काठमाडौं । अब सडकमा दूध ढुवानीका साधनहरुले एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको छ ।

त्यस्ता साधनहरुमा सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिनेछ र त्यस साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता साधनमा भने एम्बुलेन्समा जस्तो साइरन हुने छैन ।

देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका गाडीले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरणको काम सुरु भएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । 

यो अभियानको लागि दूग्ध व्यवसायीको पनि समर्थन रहेको र तयार गरिएको लोगो बोर्डको एक सय ११ औं बैठकबाट पास भएको र एक सय १२ औं बैठकबाट कार्यविधि पनि बनेको बोर्डले जनाएको छ । दूध ढुवानीको सबै सवारी साधनलाई अनिवार्य गरिएको यो नियमबारे सुरक्षाकर्मीलाई पनि जानकारी गराउने बोर्डको तयारी छ ।

औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दूध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दूधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको कार्यकारी निर्देशक यादवले बताए ।




मतहरू

Jerheillzvbq

tadalafil cost in canada https://nextadalafil.com/

generic cialis online fast shipping

cost tadalafil generic https://nextadalafil.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु