मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

अब सडकमा दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता

बिहीबार १९ चैत्र, २०७७ विचारवाटिका 2929


अब सडकमा दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता

चैत १९, काठमाडौं । अब सडकमा दूध ढुवानीका साधनहरुले एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको छ ।

त्यस्ता साधनहरुमा सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिनेछ र त्यस साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता साधनमा भने एम्बुलेन्समा जस्तो साइरन हुने छैन ।

देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका गाडीले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरणको काम सुरु भएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । 

यो अभियानको लागि दूग्ध व्यवसायीको पनि समर्थन रहेको र तयार गरिएको लोगो बोर्डको एक सय ११ औं बैठकबाट पास भएको र एक सय १२ औं बैठकबाट कार्यविधि पनि बनेको बोर्डले जनाएको छ । दूध ढुवानीको सबै सवारी साधनलाई अनिवार्य गरिएको यो नियमबारे सुरक्षाकर्मीलाई पनि जानकारी गराउने बोर्डको तयारी छ ।

औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दूध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दूधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको कार्यकारी निर्देशक यादवले बताए ।




मतहरू

Jerheillzvbq

tadalafil cost in canada https://nextadalafil.com/

generic cialis online fast shipping

cost tadalafil generic https://nextadalafil.com/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु