मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

नेकपा एमालेले गर्यो नयाँ पार्टी कार्यालय भवनको शिलान्यास

बिहीबार ९ बैशाख, २०७८ विचारवाटिका 2817


नेकपा एमालेले गर्यो नयाँ पार्टी कार्यालय भवनको शिलान्यास

वैशाख ९, काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले बल्खुमा आफ्नो नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

बिहिबार बिहान मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास गरेका हुन् ।

दुई वर्षभित्र एमालेको नयाँ केन्द्रीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदिप कुमार ज्ञवालीले बताए । 

२०७२ को भूकम्पले गर्दा बल्खुमा रहेको कार्यलय क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । 

नयाँ भवन तयार नभएसम्म एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सन्चालन गर्ने तयारी भएको छ । थापाथलीस्थित भाडामा लिइएको कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

१३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने नेता ज्ञवालीले बताए ।
 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु