बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक

मंगलवार १४ बैशाख, २०७८ विचारवाटिका 2633


नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक

वैशाख १४, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई सरकारले रोक लगाएको छ । 

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै जनाएको छ ।

पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् ।

यो नियम १५ वैशाखबाट लागु हुने विभागका निर्देशक झंकनाथ ढकालले बताए । विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु