शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

रोड मार्किङ गरी लकडाउनको सदुपयोग गरिँदै 

आईतवार १९ बैशाख, २०७८ विचारवाटिका 1239


रोड मार्किङ गरी लकडाउनको सदुपयोग गरिँदै 

वैशाख १९, काठमाडौं । निषेधाज्ञाको मौका पारेर सडक विभागले सडक संकेच चिन्ह कोर्ने (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।

यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले बताए ।

अहिले निषेधाज्ञामा गाडीको चाप घटेको समयमा ढुक्कसँग काम गर्न सक्ने भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु