आईतवार २६ बैशाख, २०७८
वैशाख २६, काठमाडौं । ललितपुरको एक र भक्तपुरका तीन गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर अस्पतालमा ५५, भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले अल्का अस्पताल ललितपुरलाई पनि तीन थान भरिएको अक्सिजन सिलिण्डर उपलब्ध गराएको गिरीले बताए ।
अक्सिजनको अभाव टार्नको लागि उद्योग र निर्माण क्षेत्रमा प्रयोग भएका, लुकाएर राखिएका अक्सिजन सिलिण्डरहरुको खोजी गरी सरकारले वितरणको व्यवस्था मिलाउँदै आएको छ ।