बुधबार २९ बैशाख, २०७८
वैशाख २९, काठमाडौं । बिरामी भर्ना गराउन नसक्ने घोषणा धापासीस्थित ग्राण्डी अस्पतालले गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन मात्रै दिने गरेको जानकारी दिँदै अस्पतालले थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।
ग्राण्डी अस्पतालले एक सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको छ ।
