आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

केन्द्रीय सदस्यको उम्मेदवार बन्ने ढुंगेलको घोषणा

बुधबार ८ मंसिर, २०७८ विचारवाटिका 1115


केन्द्रीय सदस्यको उम्मेदवार बन्ने ढुंगेलको घोषणा

मंसिर ८, काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा भूगोलको क्लस्टरबाट पहिलो उम्मेदवारी कैलाश ढुंगेलले मंगलबार घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज समेत रहेका ढुंगेलले बागमती प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ढुंगेल बागमती प्रदेशका पूर्वअर्थमन्त्री हुन् ।
 
ढुंगेलको अनुसार आफूले संकटको बेला पार्टी थेग्ने पंक्तिको साथ समर्थन र पार्टीका सबै मनोविज्ञानलाई समेटेर  बागमतीकै प्रतिनिधित्व गरेर केन्द्रीय सदस्य बन्न लागेको बताए ।

 युवा संघका संस्थापक तथा केन्द्रीय सदस्यसमेत रहेका ढुंगेलले एमाले रामेछापको सचिव र अध्यक्ष भएर काम गरेका थिए ।

ढुंगेल २०५४ मा जिल्ला विकास समितिको सभापति थिए भने २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । रामेछाप एमालेका संस्थापक मानिने ढुंगेल जनस्तरमा लोकप्रिय मानिन्छन् ।

बागमतीबाट ४ खुला र २ महिला केन्द्रीय सदस्य निर्वाचित हुन पाउने भएकाले ढुंगेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु