आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

गाेठगाउँमा विभिन्न पार्टीको नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश :- केन्द्रीय सदस्य ढुङ्गेल द्वारा स्वागत

आईतवार ७ कार्तिक, २०७८ विचारवाटिका 1913


गाेठगाउँमा विभिन्न पार्टीको नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश :- केन्द्रीय सदस्य ढुङ्गेल द्वारा स्वागत

कार्तिक ७, रामेछाप ।नेकपा एमाले रामेछाप न.पा.१ गाेठगाउँमा कार्तिक ६ गते सम्पन्न भएकाे प्रथम वडा अधिवेशन बाट गाेठगाउँका नेपाली काँग्रेस ,नेकपा माओवादी ,राप्रपाका संक्रिय नेता कार्यकर्ताहरू भुवन बाेहाेरा ,कृष्णबहादुर कार्की लगायत साठी जना भन्दा बढि नेकपा एमालेमा प्रवेश गरेकाे छ।

नेकपा एमालेमा प्रवेश गर्ने सबै नव प्रवेशिहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य ,निवर्तमान राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलले खादा र अविर लगायर पार्टीमा स्वगत गर्नु भयकाे थियाे।

गाेठगाउँका वडा अध्यक्ष समेत रहनु भयका नेकपा एमालेका नेता नर बहादुर थापाले गाेठगाउँमा नेकपा एमाले प्रति आसा भराेरा ,विश्वास गरेर प्रवेश गर्नुहुने नव प्रवेशिहरूलाई उचित जिम्मेवारी दिईने समेत वचन दिनुभएको छ। अधिवेशनले बाबुरा कार्कीको अध्यक्षमा ३१ जनाकाे वडा कमिटी ,शारदा कार्कीको संयोजकमा ९ सदस्य महिला संघ र नव प्रवेशी भुवन बाेहाेराकाे संयाेजकमा १७ सदस्य युवा संघ समेत गठन गरि अधिवेशन सम्पन्न भयकाे थियाे।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु