आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

खोप लगाएका मानिसमा संक्रमण देखिए पनि गम्भीर लक्षण नदेखिएकोः अध्ययन 

बुधबार २९ बैशाख, २०७८ विचारवाटिका 1790


खोप लगाएका मानिसमा संक्रमण देखिए पनि गम्भीर लक्षण नदेखिएकोः अध्ययन 

वैशाख २९, काठमाडौं । एक अध्ययनका अनसार भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको छ ।

बेलायती र भारतिय वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ । भारतमा देखिएको उक्त भेरियन्टलाई डबल म्युटेन्ट भनिन्छ । किनकी यसमा कोरोनाको ई ४८४ क्यू र एल ४५२ आर भेरियन्ट देखिएको छ । 

‘हामीले अध्ययनको क्रममा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको बचाउने क्षमतामा कमी आएको पायौं तर यो प्रभावहीन भने छैन । खोप लगाएका मानिसमा पनि कोरोनाको संक्रमण देखिएको छ । तर खोप लगाएका कोही कसैमा पनि कोरोनाको गम्भीर लक्षण देखिएको छैन,’ यो अध्ययनका एक शोधकर्ता डा. अनुराग अग्रवालले भने । 

भारतीय भेरियन्ट प्रयोगशालामा अनुसन्धानको क्रममा गरिएको परीक्षणमा धेरै संक्रामक रहेको पाइएको थियो । भारतको दिल्लीस्थित एक अस्पतालमा कोरोनाबाट संक्रमित भएका र खोप लगाएका ३३ स्वास्थ्यकर्मीमध्ये करिब आधामा बी.१.६१७ भेरियन्ट देखिएको थियो ।




मतहरू

appenderb

Cialis

Stromectol

Viagra Avec Dapoxetine Avis

Lizanna

https://buytadalafshop.com/ - Cialis

Stromectol

Viagra Toronto Store

neurontin uses

Vendo Propecia Acquisto


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु