शुक्रबार १४ बैशाख, २०८१ (Friday April 26, 2024)

मुलुकको राजनीति रहस्यमय बाटो तर्फ धकेलिएको टिप्पणी 

शुक्रबार ३१ बैशाख, २०७८ विचारवाटिका 2172


मुलुकको राजनीति रहस्यमय बाटो तर्फ धकेलिएको टिप्पणी 


वैशाख ३१, काठमाडौँ । मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसके पनि पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना भएकोले कयौं संसय उब्जाएको उनले बताए ।

संघीय संसद भवन नयाँ वानेश्वरमा शुक्रबार कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्ने क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहश्यमय बाटो अघि बढेको र सयौ संसयहरु उब्जाएको बताए ।

उनले भने, ‘संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन ।’

उनले भने, ‘संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछन् कि पाउँदैनन् । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु