मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

जेनजी समूहलाई हतियार बनाएर राजनीतिक अराजकहरूकाे प्रवेशले शान्तिपूर्ण आन्दोलन मुडभेट तर्फ माेडियाे :- अभियानता खनाल ।

मंगलवार २४ भाद्र, २०८२ Bichar Batika 1412


जेनजी समूहलाई हतियार बनाएर राजनीतिक अराजकहरूकाे प्रवेशले शान्तिपूर्ण आन्दोलन मुडभेट तर्फ माेडियाे :- अभियानता खनाल ।

भदाै २४ काठमााडाैं ,जेनजी समूहलाई हतियार बनाएर आन्दोलनमा राजनीतिक अराजकहरूकाे प्रवेशले शान्तिपूर्ण आन्दोलन मुडभेट तर्फ माेडिएकाे जेनजीका अभियानता अमित खनालले प्रष्टीकरण दिएका छन् ।
पत्रकारहरू सगकाे  कुराकानीमा खनालले  यो हामीले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक समूहको प्रवेश पछि आन्दोलन अराजक बनाएको दाबी गरेका छन् । उनले आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, केही व्यक्ति र समूहको प्रवेशले आन्दोलन दुःखद मूडभेठ तर्फ पुगेको बताए ।
कुन समूहको प्रवेश थियो ? भन्ने प्रश्नमा उनले रास्वपा र दुर्गा प्रसाईँका केहि कार्यकता उनीहरूसँग जोडिएको बताए । ‘त्यस क्रममा हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौ, उहाँहरुले समर्थन गर्नुभएको पनि थियो’, उनले भने ।
भीड बढ्दैँ जाँदा उनीहरु पछिबाट अराजक भएको र तोडफोडको मनस्थितीमा देखिएपछि हामी बाँहिरिएको संयोजक खनालले बताय ।
त्यस्तै उनले कुराकानीमा हामीलाई देखाएर राजनीतिक दल र स्वार्थ भएका मान्छेहरु आफ्नो राजनीतिक स्ट्न्ड गरी दु:खद घटना  घट्न गएको उनले स्वीकार गरे ।
भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्धा रहेतापनि हामीले थोरै मात्रा सामाजिक सञ्जालको विषय उठान गरेको र उनीहरुले सो कुरामा जोड् दिई आन्दोलनलाई भाड्न खोजेको आरोप लगाएका छन् ।
.




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु