मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

प्रचण्डले एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामे ः पूर्वमन्त्री विष्ट

बुधबार २४ कार्तिक, २०७८ विचारवाटिका 2519


प्रचण्डले एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामे ः पूर्वमन्त्री विष्ट

कार्तिक २४, भक्तपुर । नेकपा (एमाले) सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले आज विजय दशमी, दिपावली, नेपाल सम्वंत् , छठलागतयका पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रचण्डको इतिहासनै जहाँ छोयो त्यसलाई समाप्त पार्ने भएको दाबी गर्नुभयो । विगतमा प्रचण्डले एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारी आफुले हालि मुहाली गर्ने सपना चकनाचुर भएपछि अहिले कांग्रेसको टाङ्मुनी छिरेको बताए । प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताउनुभएको छ ।

अबको दुई दशक मुलुकमा एमालेको दशक भएको उल्लेख गर्दै उहाँले एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि पार्टी नभएको दावी गर्नुभयो । आगामी निर्वाचनमा एमालेले एक्लैले सानदार बहुमतका साथ मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो । अबको दुई दशक एमालेलाई कसैले आखाँ नलगाउन चेतावनी दिदैँ दुई दशकपछि एमालेको नेतृत्व कालमा युवाहरु विदेश जाने नभई अन्य विकासित मुलुकका युवाहरु रोजगारीको लागि नेपाल आउने अवस्था सिर्जना गर्ने दावी समेत उहाँले गर्नुभयो ।

मावध नेपाल तथा झलनाथ खनाल एमालेबाट विभाजन भई समाजवादी गठन गरे पनि जनतामा कुनै फुटको असर नभएको उल्लेख गर्दै माधवले एमालेछाडे पछि अहिले एमालेमा गुट समाप्त भएको र आगामी महाधिवेशनले गुट रहित एमाले निर्माण गर्ने समेत सचिव विष्टले बताउनुभयो । एमालेको नेतृत्व नआए मुलुक ५०औं वर्ष पछि धकेलीने दावी गर्नुभयो । एमाले तथा केपी ओली नेतृत्वको सरकारको पालामा भएका कामहरु देखेर त्यसलाई असफल बनाउन गठबन्धनका नेताहरु सपनामा समेत बर्बराउने गरेको बताउनुभयो । 

एमाले र केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरु गरेको उल्लेख गर्दै उहाँले त्यसको ज्वलन्त उदाहरणको लागि भक्तपुर हेरे पुग्ने समेत बताउनुभयो । भक्तपुरमा सबै सडक मुल सडक जस्तै भएका छन् । एमाले पार्टी र एमालेका जनप्रतिनिधिलाई विशेष धन्यवाद छ उहाँले भन्नुभयो ।’

एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका जनताले एमालेको नेतृत्व आएसँगै भक्तपुर अपमानित नभई गैरवका साथ उपस्थित हुने अवस्था बनाएको उल्लेख गर्नुभयो । कांग्रेसका नेताले आफ्नो शिर्ष नेतृत्वसँगको पहुँचलाई समेत सदुपयोग गर्न नसकेर भक्तपुरको विकासलाई दशकौंसम्म पछि धकेलेको आरोप लगाउँदै नेता बस्नेतले कांग्रेसका कारण भक्तपुरका केही विकासहरु रोकिएको भन्दै आक्रोस जनाउनुभयो ।
 




मतहरू

Arrorus

While these substances are used together, the GH will help to keep Zac s hormones in balance, and in moderate dosages, these will not harm the body as proved in many FDA studies buy cialis and viagra online 5 mg L 2000 Broth microdilution Mueller Hinton broth 5 lysed horse blood 102 Erythromycin MIC 0

empalty

cialis generic buy NETROMYCINE NETROMYCIN SOLUTION FOR INJECTION 150MG 1


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु