शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

उपनिर्वाचनमा भाग लिन राजनीतिक दलको दर्ता आजबाट सुरू 

बुधबार ८ चैत्र, २०७९ विचारवाटिका 1989


उपनिर्वाचनमा भाग लिन राजनीतिक दलको दर्ता आजबाट सुरू 

चैत ८ काठमाडौं, निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।

आउँदो बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुग्यो । 

 
तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । भने सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागिएको छ । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु