आईतवार १ फाल्गुन, २०७८
फागुन १ काठमाडौं, कोरोना संक्रमण बढेसँगै बन्द भएको शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन् ।
आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो ।
भौतिक रुपमा विद्यालय सञ्चालन हुँदा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सिफारिस गरेको थियो ।