सोमबार ४ श्रावण, २०७८
साउन ४, काठमाडौं । अमेरिकाले नेपाललाई दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप लगाउन सुरु हुने भएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।
काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरिएको छ ।
