मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

युवा नेता गौतमले दिए एकहजार थान एन्टिजेन कीट

बुधबार ५ जेष्ठ, २०७८ विचारवाटिका 1969


युवा नेता गौतमले दिए एकहजार थान एन्टिजेन कीट

जेष्ठ ५ काठमाडौं ।  नेकपा एमालेका युवा नेता निर्माण व्यवसायी तथा समाजसेवी रत्न प्रसाद गौतमले रामेछापेली जन्ताको पिरमर्का बुझि व्यक्तिगत खर्चमा रामेछाप जिल्ला अस्पताललाई एक हजार थान एन्टिजेन कीट उपलब्ध गराईदिनु भएको छ ।  

गौतमले उपलब्ध गराउनु भएको एकहजार एन्टिजेन कीट जिल्ला अस्पताल रामेछापलाई, २०० थान प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई २००थान र छवटा गाउँपालीकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई १००-१०० थान वितरण गर्न गइरहेको रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रीनले विचार वाटिकालाई जानकारी गराउनु भयो ।  

तामाकोसी अस्पतालमा रू १५०० तिरेर एन्टिजेन कीट मार्फत परिक्षण गर्दै आहिरहेको रामेछापेली जन्ताहरूले अब रामेछापका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क परिक्षण गर्न पाउने भयपछि स्थानीय हरूमा खुसियाली छाएको नेकपा एमाले रामेछाप जिल्ला कमिटीका सचिव पुरूषोत्तम कडेरियाले विचार वाटिकालाई जानकारी गराउनु भयो ।  

यस एन्टिजेन कीट मार्फत परिक्षण गर्दा १०-१५ मिनेटमानै रिपोर्ट थाहापाउने भयपछि जिल्लामा संक्रमित नियन्त्रण गर्न सहयोग पुग्नेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु