आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु, नतिजा पनि आजै आउने

बिहीबार ६ जेष्ठ, २०७८ विचारवाटिका 2401


राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु,  नतिजा पनि आजै आउने

जेठ ६, हेटौंडा । आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

हेटौंडा-४ स्थित भुटनदेवि मावि मतदान केन्द्रमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

कोरोनाको कारण मतगणस्थलमा नै भर्चुअल माध्यम (जुम) मार्फत मतगणना सार्वजनिक गरिने योजना बनाएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । मतगणना साँझ ५ बजेबाट सुरु गरिने र ७ बजेसम्म नतिजा आईसक्ने उनले बताए । 

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु