शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

बानेश्वरको वेष्ट डेन्टल केयर इम्प्लान्ट सेन्टरले महादेवस्थानबाट पनि सेवा दिँदै

मंगलवार १ चैत्र, २०७८ विचारवाटिका 2135


बानेश्वरको वेष्ट डेन्टल केयर इम्प्लान्ट सेन्टरले महादेवस्थानबाट पनि सेवा दिँदै

फागुन ३० काठमाडौं, काठमाडौंको नयाँ बानेश्वर मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको वेष्ट डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरले सोमबार कोटेश्वरको महादेवस्थान सहयोगीनगरमा पनि सेवा प्रारम्भ गरेको छ।

 

सोमबार महादेवस्थानको सहयोगीनगरमा अभ्या डेन्टल हाउसको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगा उप्रेती ज्यूले रेबन काटेर सुरुवात गर्नुभएको हो।
 

 उप्रेतीले दन्त सम्बन्धि राम्रो उपचारका लागि शुभकामना व्यक्त गर्नुभयो।  उद्घाटन कार्यक्रममा कोटेश्वर–३२ का वडा सदस्य हिरा देबी पोखरेल, लोक दोहोरी गायक नविन पौडेल र क्षीतिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य कलाकार माधव सिटौलाको सहभागिता रहेको थियो। 

त्यस्तैगरी नेपाल मेडिकल काउन्सिलका  सदस्य डा. प्रेनित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नवराज जोशी लगायतका डाक्टरहरुको पनि उपस्थिति रहेको थियो। 

डेन्टलका निर्देशक डा. हरि प्रसाद ओलीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने रोगप्रति सचेतना देखिएकोले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखको उपचार गर्ने अस्पतालहरूको विस्तार भइरहको उल्लेख गरे । दाँतको उपचारमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको औल्याउँदै अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नो सेवा विस्तार गर्ने बताउनुभयो। 

नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूको सहकार्य गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं । जुन काम हामीहरू बानेश्वरबाट पनि गरिनै रहेका छौं’ डा. ओलीले भने। 

सेवा प्रारम्भ भएदेखि अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले एक महिना अर्थात चैत्र महिनाभरी दाँत तथा अनुहारको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक डा. ओलीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार नविन पौडेलले स्वास्थ्य क्षेत्रमा दाँत को पहिलो प्राथमिकता रहेको भन्दै समयमै वरिष्ठ दन्त चिकित्सकको परामर्शबाट मात्र सेवा  प्रदान गर्नुपर्ने बताए। उनले शुभकामना दिदै भने यस डेन्टल हाउसले गुणस्तर र सुलभ मुल्यमा दन्त स्वास्थ्य सम्बन्धीका समस्या समाधान गर्नेछ। 

दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटको पनि व्यवस्था गरेको डेन्टलका प्रवन्ध निर्देशक डा. तुल्सि पौडेलले बताइन्। 

डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिनेछ।  साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सकिने व्यवस्था भएको डा. पौडेलले जानकारी दिइन्।

डा. पौडेलले यस डेन्टल हाउसमा आउने गरिबी र असहायहरुको लागि विशेष छुटको पनि व्यवस्था रहेको बताइन्।




मतहरू

theasia

cheap cialis from india Dominick MggaGvPoKqY 6 4 2022

VxjhwGynU

2 100, 000 exposed persons Priligy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु