बुधबार १२ जेष्ठ, २०७८
जेठ १२, काठमाडौं । भारतले नेपालको पछिल्लो घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
पत्रकारहरुले नेपालको पछिल्लो घटनाक्रमबारे सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’