बुधबार २६ जेष्ठ, २०७८
जेठ २६, काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बुधबार दृगनारायण पाण्डेलाई सपथ दिलाएका हुन् ।
यही जेठ १७ गते लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए । पाण्डेले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।