शुक्रबार २८ जेष्ठ, २०७८
जेष्ठ २८, काठमाडौँ । नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हन् । ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसद्मा अड्किएको उल्लेख गर्दै संसद्ले नागरिकतासम्बन्धी विषयमा निणर्य गर्न नसकेको उनले बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।
नागरिकहरुले नागरिकताको अभावमा शिक्षा, रोजगार, व्यापार व्यवसायका लागि विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए ।
जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले बताए ।
उद्योगमन्त्री यादवले आफ्नो विवेकले भ्याएसम्म जिम्मेवारी निर्वाह गर्ने बताए । उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए ।
cialis online ordering High Blood Pressure 8 people, 72
wZnylsOz
Garcia Bravo, B viagra and cialis