शुक्रबार १२ भाद्र, २०८३ (Friday August 28, 2026)

एक साताका लागि अष्ट्रेलियाको सिड्नीमा थपियो लकडाउन 

बुधबार २३ असार, २०७८ विचारवाटिका 2424


एक साताका लागि अष्ट्रेलियाको सिड्नीमा थपियो लकडाउन 

असार २३, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । 

गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो । केही मानिसहरुमा लकडाउनपछि पनि कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । 

जुलाई १६ सम्मका लागि सिड्नीको लकडाउन लम्बिएको छ । न्यु साउथ वेल्सका अधिकारीहरुका अनुसार बुधबार कोरोनाका २७ नयाँ संक्रमित फेला परेका छन् । अधिकारीहरुले मुलुकमा निकै कम मानिसले मात्र कोरोना खोप लगाएकाले कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताएका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म करिब १० प्रतिशत जनसंख्याले मात्रै कोरोनाको पूरा डोज खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु