आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

आज ‘कमेडी च्याम्पियन’को फाइनल,कसले जित्ला त कार ?

शनिबार २ आश्विन, २०७८ विचारवाटिका 1675


आज ‘कमेडी च्याम्पियन’को फाइनल,कसले जित्ला त कार ?

असोज २, काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को फाइनल आज हुदैँछ । गत वर्षको तुलनामा यो बर्ष कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ निकै चर्चित भयो । विक्की, भरतमणि र सन्तोष फाइनलमा भिडदैछन् । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गरे । उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको चर्चाको कारण भयो ।


भरतमणि अलवा सन्तोष थापा र विक्की अग्रवालले पनि शोको चर्चामा इटा थप्ने काम गरेका थिए । यी तीन प्रतियोगी नै अहिले शोको फाइनलमा पुगेका छन् ।  विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् । उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पार्दछन् ।


भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु