शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

सराेकार समाज द्वारा आयाेजित वडा स्तरीय भलिबल खेलकाे सेमिफाइनल र फाइनल खेल आज हुँदै

बिहीबार २८ आश्विन, २०७८ विचारवाटिका 2819


सराेकार समाज द्वारा आयाेजित वडा स्तरीय भलिबल खेलकाे सेमिफाइनल र फाइनल खेल आज हुँदै

 असाेज २८, रामेछाप । गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत वडा स्तरीय भलिबल प्रतियोगिताको बाँकी सेमिफाइनल र फाइनल खेल आज हुँदै छ।

हिजाे बाट सुरूवात भयकाे भलिबल खेल प्रतियोगितामा हिजाे बिहान नाैं बजेसम्म वडा भरिएको साविकको वडा, वडा भित्रका सहकारी ,फम गरि आठ टिमले आ-आफ्नाे टिम दर्ता गरायका थिय।

सराेकार समाजले दर्ता भएकाे टिमहरूकाे सरसल्लाह मानै सिधै नकाउट खेल खेलाएकाे थियाे गाेला प्रथा द्वारा टिम छान्ने क्रममा साविककाे वडा नं ७ ए र सातकै बि बिच प्रतिस्पर्धा मा ए, गाेठपानी सहकारी र साविककाे वडा नं ५ बिच प्रतिस्पर्धा मा गाेठपानी सहकारी ,साविकाे वडा नं ८ र नमुना बाख्रा फम बिच प्रतिस्पर्धा मा वडा नं ८ र साविकाे वडा नं ६ (साउने टाेल) र साविककाे वडा नं ४ बिच प्रतिस्पर्धा मा साविककाे ६ विजयी भएकाे जानकारी सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले विचार वाटिकालाई गराउनु भयाे।

हिजै भयमाे सेमिफाइनल खेलमा साविककाे वडा नं ८ र साविककाे वडा नं ७ काे ए बिच प्रतिस्पर्धा मा साविककाे वडा नं ७काे ए विजयी भएकाे र आज गाेठपानी सहकारी र साविककाे वडा नं ६ विच सेमिफाइनल खेल र दुई मध्य विजयी टिम र साविकको वडा नं ७ काे ए बिच आजै फाइनल खेल हुने समेत अध्यक्ष थापाले जानकारी गराउनु भयाे।




मतहरू

Ok-Live

Very interesting information! Perfect just what I was looking for! My site: Ok-Live


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु