आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

आज कुकुर र काग तिहार मनाइँदै

बुधबार १७ कार्तिक, २०७८ विचारवाटिका 1100


आज कुकुर र काग तिहार मनाइँदै

कात्तिक १७, काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरि मीठो खान खानेकुरा खान दिएर मनाइँदै छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुकुर एक लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु