मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

एमाले महाधिवेशन: स्थानीय व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा

सोमबार २९ कार्तिक, २०७८ विचारवाटिका 2334


एमाले महाधिवेशन: स्थानीय व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा

कात्तिक २९, चितवन । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गर्दै सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । 
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीहरुले घोषणा गरेका हुन् ।

नारायणी नदीको किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको कारणले सौराहामा चहलपहल बढिरहेको छ । 

सौराहामा महाधिवेशनको बन्दसत्र हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।

एमालेले बुक गरेका होटलहरुमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिएको बताए । 

होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रवन्ध मिलाइएको छ ।

चार दिन अन्य सबै कार्यक्रम स्थगित

एमाले महाधिवेशनको बन्द सत्र सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने अन्य विभिन्न कार्यक्रम, गोष्ठी, विवाह, सेमिनारहरु रोकिएको क्षेत्रिय होटल संघका अध्यक्ष भट्टराईले बताए । हाम्रो सबै जनशक्ति नै यहीँ लाग्छ, अरु काम गर्न भ्याइन्न, अध्यक्ष भट्टराईले मंसिर ९ देखि १३ गतेसम्म कुनै अन्य कार्यक्रम नलिने भन्नेछ ।’

कोभिड पछिको सौराहा खुल्ला भएपछि ‘घुमौ सौराहा’ अभियान चलाएर विभिन्न ठाउँमा आफूहरु जानुपर्नेमा देशभरका प्रतिनिधिहरु आउँदा आफूहरुलाई खुुसी लागेको उनको भनाई रहेको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु