बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

१६ जिल्लाको अधिवेशन स्थगित 

बिहीबार १६ मंसिर, २०७८ विचारवाटिका 2108


१६ जिल्लाको अधिवेशन स्थगित 

मंसिर १६, काठमाडौं । नेपाली (कांग्रेस)ले जिल्ला अधिवेशन स्थगित गरेको छ । 
अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन अझैँ हुन बाँकी रहेको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेको जिल्लाको अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु