मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सत्ता गठबन्धन फुटाउन विदेशी शक्ति लागे :महरा

शनिबार १८ मंसिर, २०७८ विचारवाटिका 1674


सत्ता गठबन्धन फुटाउन विदेशी शक्ति लागे :महरा

मंसिर १८, । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अहिलेको पाँच दलीय गठबन्धन तोड्नका लागि विदेशी शक्ति लागिपरेको बताएका छन् ।

सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनले बताएका छन् । 

अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’

एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको आरोप लगाए ।

माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु