आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

आज नारायणहिटीमा ओली समूहले शक्ति प्रदर्शन र आमसभा गर्दै

शुक्रबार २३ माघ, २०७७ विचारवाटिका 1559


आज नारायणहिटीमा ओली समूहले शक्ति प्रदर्शन र आमसभा गर्दै

 

माघ २३, काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शक्ति प्रदर्शनसहित नारायणहिटी अगाडी आमसभा गर्न लागेको छ ।  

ओली समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौंमा उतार्दै छ । ओली समूहका नेताले  आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन् ।

उक्त सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहिबार साँझ युवा संगठनले कार्यक्रमको प्रचारका लागि काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।

ओली पक्षका काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित उत्रिनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

राषट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएको हो । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।


 




मतहरू

preeplern

https://hcialischeapc.com/ - cialis pills for sale


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु