शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

सरोकार समाजले गोठपानीमा वडा स्थरिय भलिबल खेल प्रतियोगिता गर्दै 

बिहीबार १३ आश्विन, २०७९ विचारवाटिका 2650


सरोकार समाजले गोठपानीमा वडा स्थरिय भलिबल खेल प्रतियोगिता गर्दै 

  असोज १३ रामेछाप, गोठगाउँ सरोकार समाजले यो बर्ष पनि बडा दशंै तथा शुभ तिहारको अवसर पारेर असोज १७ र १८ गते ठूलो चहुर गोठपानीमा वडा स्थरिय भलिबल प्रतियोगिता तथा विविध मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

  सरोकार समाजले सामाजिक संजालबाट खेलको जानकारी गराउँदै सुचना समेत प्रकाशन गरी सकेको छ, सुचनामा प्रकाशन गरे अनुसार खेल हुने मिति २०७९ असोज १७ र १८ गते ,स्थान श्री चण्डेश्वरी मा.वि.नजिकैको ठुलो चहुरमा,  खेल उद्घाटन हुने २०७९ असोज १७ गते सोमबार बिहान ९.०० बजे, खेल समापन २०७९ असोज १८ गते मंगलबार, टिम दर्ता अन्तिम मिति २०७९ असोज १७ गते सोमबार बिहान ८.०० बजे सम्म टिम दर्ता फोनबाट पनि गराउन सक्ने, खेलमा सहभागी हुन पाउने रामेछाप न.पा.१ गोठगाउँ साविकको वडा नं १ देखि ९ सम्म तथा वडा भित्र संचालित विभिन्न संघ संस्थाहरू, दर्ता गर्न पाउने खेलाडी संस्या साविकको वडा तथा वडा भित्र संचालित विभिन्न संघ संस्थाहरूबाट एक टिम मात्र दर्ता गर्न पाउने, टिम दर्ता शुल्क रू १०००/- खेल आयोजक समितिको निर्णय  बमोजिम संजालन हुने ,प्रतियोगितामा प्रथम हुने टिमलाई रू  २००००/- नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र ,द्वितीय हुने टिमलाई रू १५०००/- नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र ,तृतीय हुने टिमलाई रू १००००/- नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र ,र सान्त्वना टिमलाई ५०००/- नगद पुरस्कार सहित प्रमाणपत्र रहने सरोकार समाजले सुचनामा जानकारी गराएको छ ।

   सरोकार समाजद्वारा आयोजित वडा स्थरिय भलिबल प्रतियोगिता तथा विविध मनोरन्जनात्मक कार्यक्रमको यवा व्यवसायी तथा समाजसेवी लक्ष्मी स्टोरका प्रोपाईटर देबचन्द्र कठायत मुख्य प्रायोजक रहनु भएको छ भने प्रायोजकहरूमा राम जानकी सोप एण्ड केमिकल कम्पनी प्रा.लि.,पाँच पोखरी लण्ड्री हर्ब प्रा.ली. समाजसेवीहरू शंकर बस्नेत ,डोर बहादुर कार्की (शिव) राजकुमार बुढाथोकी ,केशर बहादुर कार्की ,कुमार श्रेष्ठ ,इन्द्र कुमार श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, दिपक नेपाली, छत्र बहादुर श्रेष्ठ, ऋषिराम श्रेष्ठ, रवि श्रेष्ठ, बाबुलाल सापकोटा, सिद्व बहादुर श्रेष्ठ ,संजय कुमार थापा, देव कुमारी श्रेष्ठ, मीन बहादुर श्रेष्ठ (बिष्णु) र दिल बहादुर श्रेष्ठ( दिलिप) रहेको सरोकार समाजका सहसचिव ,युवा तथा खेलकुद उपसमिति संयोजक कुमार श्रेष्ठले विचार वाटिकालाइ जानकारी गराउनु भयो।
    श्रेष्ठले गोठगाउँ–गोठपानीका व्यापार व्यवसायीहरूले कार्यक्रमको प्रायोजक बन्न इच्छुक हुनुहुन्छ भने सरोकार समाजको आधिकारिक व्यक्तिहरूलाई जानकारी गराउन समेत अनुरोध गर्नु भएको छ ।

 




मतहरू

finasteride made hairline worse

buy propecia tablets india I also conceive fairly easy and have had 4 MC, 1 chemical pregnancy and a pending 5th MC now


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु