शुक्रबार ७ माघ, २०७८
माघ ७, काठमाडौँ । आईयुसिएनले आयोजना गरेको प्रकृतिमा आधारित समाधानको बारेमा आदिवासी महिला तथा युवाको क्षमता सुदृढीकरण कार्यसम्बन्धी कार्यशाला तालिम सम्पन्न भएको छ ।
माघ ३ गतेदेखि ५ गतेसम्म काठमाडौँको अल्फा हाउस बानेश्वरम भएको तालिमको सञ्चालन आईयुसिएनमा कार्यरत अनु अधिकारीले गरेकी थिईन् । कोभिडको अवस्थालाई मध्यजनर गर्दे गरिएको उक्त तालिममा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने विभीन्न ठाउँको प्रतिनिधित्व गर्दे २२ जनाले सहभागिता जनाएका थिए । ३ दिने उक्त कार्यक्रममा वातावरणमा भएका प्राकृतिक स्रोतहरुलाई कसरी समुचित तरिकाले प्रयोग गरेर दिगो विकाश गर्ने, भावी पुस्तामा जलवायु परिवर्तनको न्युनीकरण गर्न आदिवासी महिलाहरुले र समग्र युवाहरुले कसरी भुमिका खेल्न सक्छन् र कसरी विपद् जोखिम नियन्त्रण गर्न सकिन्छ, भन्नेबारे उपयोगिमुलक जानकारी प्रदान गरिएको थियो । साथै कार्यक्रममा विशेष गरेर आदिवासी जनजातिको उत्थानका लागि विभीन्न क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधीहरुले उनीहरुका संस्थाले वातारण संरक्षण ,विपद तथा जोखिम व्यवस्थापवन गर्न कसरी कार्य गरिहेका छन् भन्नेबारे अवगत गराएका थिए । कार्यक्रमकी सञचालिका अनु अधिकारीले समग्र विश्वको जलवायुमा किन परिवर्तन भईरहेको छ र यसको रोकथाम गर्न आईयुसिएनले कसरी भुमिका खेलेको छ भन्नेबारे विस्तृत रुपमा अवगत गराएकी थिईन ।
तस्विर: एलिना कार्की