बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

डिजल–पेट्रोलको मूल्य बढसँगै गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

शुक्रबार २१ माघ, २०७८ विचारवाटिका 2059


डिजल–पेट्रोलको मूल्य बढसँगै गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

माघ २१, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाए सँगै यातायात व्यवसायीले गाडी भाडा बढाउन माग गरेको छ ।  
असार यता डिजल तथा पेट्रोल लिटरमै १६ रुपैयाँले वृद्धि भईसकेको छ । लगातार डिजल–पेट्रोलको मूल्यले बढने क्रम चलिहरँदा यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।

असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए । स्थानीय स्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय  गरिरहेका छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु