बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

पिएनआर नम्बर मात्रै देखाएर विमानस्थल छिर्न नपाइने

मंगलवार ३ फाल्गुन, २०७८ विचारवाटिका 1766


पिएनआर नम्बर मात्रै देखाएर विमानस्थल छिर्न नपाइने

फागुन ३ काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान गर्नेका लागि यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन् । 

विमानस्थल छिर्नका लागि डाउनलोड गरिएको टिकट अथवा प्रिन्टेड टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिएका छन् । 
उनको अनुसार यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको छ । 

यसअघि धेरैजस्सो यात्रुहरूले पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए । 

उनका अनुसार मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश पाइन्छ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु